पिजी परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषयमा आयोगले थाल्यो अनुसन्धान 



Download our app to get more features

काठमाडौं,७ माघ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषय बाहिर आएपछि अनुसन्धान सुरु गरेको छ।

शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै पिजी  प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषयमा  छानबिन सुरु गरिएको बताएको हो । 

त्यस्तै आयोगले सम्पादन गर्ने कार्य, परीक्षा र परीक्षाको गोपनियता लगायतका विषयमा विभिन्न किसिमका भ्रम उत्पन्न हुने गरी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा अनग्रल प्रचार प्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गरेको छ।

पिजी प्रवेश परीक्षा भोलि शनिबारदेखि सुरु हुदै छ। प्रवेश परीक्षाका लागि आयोगले काठमाडौं उपत्यका सहित देशका अन्य चार स्थानका ३९ परीक्षा केन्द्र तोकेको छ। आयोगले परीक्षा भने नसर्ने बताएको छ । 

Last modified on 2022-01-21 18:46:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts