जनशक्ति अभावमा बैतडीमा भेन्टिलेटर थन्कियो



Download our app to get more features

बैतडी, ६ माघ । बैतडी जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर हालसम्म सञ्चालनमा आएको छैन।

गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसकेको हो।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा आउन नसकेको हो।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. जोशीले बताए।

Last modified on 2022-01-20 13:15:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts