पर्वत अस्पतालको अध्यक्षमा गिरी



Download our app to get more features

पर्वत, ६ माघ । पर्वत अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा शंकर गिरी नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णयबाट गिरी अध्यक्षमा नियुक्त भएका हुन् । गिरी माओवादी केन्द्रका कुश्मा नगर कमिटिका अध्यक्ष समेत हुन् ।

केहि महिना देखि रिक्त ब्यवस्थापन समितिमा प्रदेश सरकारले गिरीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । गिरीसंगै सदस्यहरुमा परशुराम पुरी, तारादेवी पराजुली र भगवती पौडेल नियुक्त भएका छन् ।

ब्यवस्थापन समितिमा नगरपालिका प्रमुख र उद्योग बाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको छ । यस अघि गोविन्द पहाडी अध्यक्ष रहेको ब्यवस्थापन समितिको म्याद सकिएपछि अस्पताल ब्यवस्थापन समिति रिक्त थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts