मेडिकल काउन्सिलको स्थगित विशेष परीक्षा २१ र २२ गते हुने
काठमाडौं,६ माघ । नेपाल मेडिकल काउन्सिलले यसअघि स्थगित गरेको विशेष परीक्षा माघ २१ र २२ गते हुने भएको छ।
काउन्सिलले सूचना निकाल्दै स्थगित गरेको विशेष परीक्षा माघ २१ र २२ गते हुने जानकारी दिएको हो ।
काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि यसअघि माघ १४ र १५ गते तोकिएको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको थियो ।
Last modified on 2022-01-20 14:55:30