ओमिक्रोन भेरियन्ट : नेपालमा उच्च सतर्कताको खाँचो

What's This?


Download our app to get more features

नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । गत मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको थियो ।

नेपालमा कोरोना भित्रिए यताकै धेरै संक्रमित संख्या थपिएका छन् । बुधवार एकैदिन ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको पहिलो पटक हो । 

नेपालमा एक सातामै बढेर ५४ प्रतिशत पुगेको छ। 

दोस्रो लहरको संक्रमणबाट २८ वैशाख २०७८ मा एकैदिन ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि संक्रमित संख्या घट्दै गएको थियो । तर, मंगलबार २२ हजार ८२८ जनामा परीक्षण गर्दा झण्डै आधामा संक्रमण पुष्टि भएको हो । यो भनेको झण्डै ४५ प्रतिशत हो । संक्रमण दर ४५ प्रतिशत पुगेको पनि पहिलो हो । तर संक्रमित निको हुने दर भने अत्यन्तै न्यून छ ।

विशेषगरी कोरोनाको तेस्रो लहरबाट राजधानी उपत्यका बढी प्रवाभित बनेको छ । मंगलबार काठमाडौंमा मात्रै चार हजार चार जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ । तीन जिल्ला गरी राजधानी उपत्यकामा पाँच हजार ५४९ जनामा संक्रमण पुष्टि भएको छ । 

राजधानी उपत्यका बाहिर मोरङमा मंगलबार एकैदिन ५०९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पाँच सय भन्दा बढी संक्रमित रहेको जिल्ला १२ नाघेको छ । 

गएको २१ पुसमा ४३५ जनामा मात्रै संक्रमण पुुष्टि भएको थियो । बितेको १३ दिनमा २३ संक्रमित दर २३ गुणाले बढेको छ ।

स्वास्थ्य मन्त्रालयको एक अनुसन्धान अनुसार, राजधानी उपत्यकामा त हरेक घरमा बिरामी देखिएका छन् । तर परीक्षणको अभावमा संक्रमित संख्या न्यून देखिएको हो । पहिलो र दोस्रो लहरको संक्रमणमा यति ठूलो संख्यामा संक्रमित देखिएको थिएन । 

तर दक्षिण अफ्रिका भएर नेपाल भित्रिएको ओमिक्रोनका कारण संक्रमित संख्या अत्याधिक बनेको छ । सरकारले भने रोकथामका लागि आवश्यक निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

स्थानीय प्रशासनले कडाइका साथ सतर्कता अपनाउन आग्रह गरेको छ । तर आवश्यक सतर्कता नपुगेको संक्रमित संख्याले देखाउँछ । अतः नागरिकले स्वयम् र स्थानीय प्रशासनले विशेष सर्तकताको कार्यक्रम ल्याउन जरुरी छ ।

Last modified on 2022-01-20 11:39:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts