देशभर २३ हजार बढी कोरोना परीक्षण गर्दा ११ हजार ५ सय ५२ संक्रमित थपिए
काठमाडौं,५ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ११ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २३ हजार ४ सय ९ कोरोना परीक्षण गरिएको छ । जसमा १८ हजार ७८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ एन्टीजेन परीक्षण गर्दा १ हजार ५८सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय १३ जना स्वस्थ भएका छन् ।
Last modified on 2022-01-20 09:40:33