हेटौँडाबाट मास्क कालोबजारी गर्ने दुईजना पक्राउ
हेटौडा,५ माघ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई बुधबार हेटौँडाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेका छन ।
प्रहरीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको बताएको छ ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ।