हराएको खोप कार्ड प्रतिलिपि कसरी लिने  ?



Download our app to get more features

काठमाडौं,५ माघ । सरकारले हराएको  खोप कार्डको  प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ । 

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको हो ।

मन्त्रालयको अनुसार हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिन्छ । पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ । 

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने छ । 

त्यस्तै पहिलो मात्रामात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि सकिने छ । 

Last modified on 2022-01-19 13:08:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts