पीसीआर शुल्कबारे छलफल गर्न डा.लोहनीको संयोजकत्वमा समिति गठन
काठमाडौं,३ माघ । सरकारले पीसीआर परीक्षण शुल्कबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको छ।
उक्त समितिमा राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झासहित निजी प्रयोगशालाका प्रतिनिधिहरु रहेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा पीसीआर परीक्षण शुल्क २ हजार रुपैयाँबाट घटाएर एक हजार बनाएको छ ।
तर, निजी क्षेत्रमा भने पीसीआर शुल्कमा एकरुपता छैन । सरकारले निजी क्षेत्रमा पनि १ हजारमै पीसीआर गर्ने व्यवस्था गर्न तयारी थालेको छ।
सरकारले सुरुको समयमा पीसीआरको मूल्य ५ हजार ५ सय तोकिएको थियो भने दास्रो पटक घटाएर ४४ सय बनाएको थियो ।
त्यसपछि २०७७ भदौ २८ गतेबाट २ हजार पीसीआरको मूल्य तोकिएकोमा हाल सरकारी प्रयोगशालामा १ हजार रुपैयामा पीसीआर गरिन्छ भने निजीले १५ सय देखि २ हजार सम्म लिने गरेका छन् ।