औषधि व्यवस्था विभागद्वारा डि-पील औषधि बिक्री वितरणमा रोक
काठमाडौं,३ माघ । औषधि व्यवस्था विभागले डि-पील (लेभेनोर्जेसटल ट्वाव्लेट १.५ एमजी)नामको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले उक्त औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको हो ।
औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न र नेपालमा बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।
डि-पील यो औषधि भारतको कोपर फर्माले उत्पादन गरेको हो ।
Last modified on 2022-01-17 16:35:51