स्वास्थ्यकर्मीहरुको मनोबल उठाउने योजना ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको माग
काठमाडौं,३ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरुको मनोबल उठाउने योजना ल्याउन सरकारसँग माग गरेको छ ।
संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले १३ वटा कार्यहरु तत्काल कार्यन्वयन गर्न माग गरेको हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ,'कोरोनासँग सम्बन्धित सेवा तथा अन्य स्वास्थ्य सेवालाई कसरी व्यवस्थित गर्ने र कम भन्दा कम क्षति हुनबाट कसरी रोक्ने भन्ने सवालमा सरकारको त्यति ध्यान नपुगेको र परिवर्तित अवस्थामा महामारीको कसरी तत्काल सामना गर्ने भन्ने सरकारको कुनै फरक योजना देखिएको छैन्।'
Last modified on 2022-01-17 13:43:00