जाडोमा आगो ताप्दा,हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा यस्ता सावधानीहरु अपनाऔँ

जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने,हिटर बाल्ने,गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन ।
त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔँ
-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने,हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गरौँ ।
-कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
-आगो ताप्दा वा हिटर बाल्दा कागज,कपडा जस्ता छिटो जल्ने खालका सामग्रीहरु नजिकै नराखौँ ।
-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौँ ।
-हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
-सुत्नुअघि अनिवार्य रुपमा हिटरलाई निभाउने गरौँ ।
-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुल्ला ठाउँमा जडान गरौँ ।
-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।