सोमबारदेखि काठमाडौंमा कोरोनाविरुद्व खोपको बुस्टर डोज लगाइँदै 



Download our app to get more features

काठमाडौं,३ माघ । काठमाडौंमा सोमबारदेखि कोरोनाविरुद्व खोपको बुस्टर डोज लगाइँदै छ ।  

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार सरकारले आइतबारदेखि बुस्टर डोज लगाउन निर्देशन दिएपनि आवश्यक व्यवस्थापन हुन नसक्दा सोमबारदेखि मात्र खोप लगाइने भएको हो । 

काठमाडौंका १३ अस्पताल र ४ नाकाबाट बुस्टर डोज दिइनेछ। अवश्यकता परे खोप खोप केन्द्र बढाउने काफ्लेको भनाइ छ । 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,सहिद मेमोरियल अस्पताल कलंकी,विरेन्द्र सैनिक अस्पताल छाउनी,लोट्से भवन नयाँ बसपार्क,नेपाल प्रहरी अस्पताल महाराजगन्ज,वीर अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक,बयोधा अस्पताल बल्खु,प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली,निजामती ,अस्पताल नयाँबानेश्वर,एपेक्स पोलिक्लिनक जडिबुटी,काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग,पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी,जनमैत्री अस्पताल बालाजु,नर्भिक अस्पताल थापाथली,शुभेच्छा अस्पताल सीतापाइला,नोबेल अस्पताल सिनामंगलबाट बुस्टर डोज लगाउन पाइनेछ । 

बुस्टर डोज लगाउन पहिले लगाएको खोप कार्ड अनिवार्य लिएर जानुपर्ने छ। सरकारले स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलाई बुस्टर डोज दिने तयारी गरेको छ।
 

Last modified on 2022-01-17 11:50:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts