काठमाडौंमा सोमबारदेखि मात्र कोरोनाविरुद्व खोपको बुस्टर डोज लगाइने 



Download our app to get more features

काठमाडौं,२ माघ । काठमाडौंमा सोमबारदेखि कोरोनाविरुद्व खोपको बुस्टर डोज लगाइने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देखि फ्रन्टलाइनमा काम गर्नेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेपनि काठमाडौंमा भने सोमबारदेखि मात्र लगाइने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार सरकारले आइतबारदेखि बुस्टर डोज लगाउन निर्देशन दिएपनि आवश्यक व्यवस्थापन हुन नसक्दा सोमबारदेखि मात्र खोप लगाइने भएको हो । 

उनले भने,'सबै खोप केन्द्रहरुलाई आज परिपत्र गरिसकेका छौँ सोमबारदेखि नियमित खोप सञ्चालन भइरहेकै ठाँउबाट खोप दिन्छौ,'।

काठमाडौंका १३ अस्पताल र ४ नाकाबाट बुस्टर डोज दिइनेछ। अवश्यकता परे खोप खोप केन्द्र बढाउने काफ्लेको भनाइ छ । 

बुस्टर डोज लगाउन पहिले लगाएको खोप कार्ड अनिवार्य लिएर जानुपर्ने छ। सरकारले स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलाई बुस्टर डोज दिने तयारी गरेको छ।

Last modified on 2022-01-16 16:12:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts