राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाइँदै



Download our app to get more features

काठमाडौं, १ माघ । आज ७ औं राष्ट्रिय योग दिवस, नेपालमा भर्चुअल आध्यमबाट मनाइँदै छ । 

नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि यस वर्षको राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट दिवस मनाउन लागिएको जनाएको छ । 

योग दिवसको अवसरमा सबै जिल्लाहरूको आयुर्वेद कार्यालयमा योग गर्ने साथै भर्चुअल माध्यमबाट अन्र्तक्रिया पनि गरिने जडीबुटी औषधि एवं अनुसन्धान महाशाखाका प्रमुख कल्सटेन्ट विशेषज्ञ डा. सन्तोष कुमार ठाकुरले बताए । 

‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मुल नाराका साथ आज ७ औं राष्ट्रिय योग दिवस मनाइँदै छ । 

२०७२ साल साउन २८ गतेको बैठकबाट माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

Last modified on 2022-01-15 16:48:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts