स्वास्थ्य सेवा तर्फका दुई चिकित्सक ११ औं तहमा बढुवा सिफारिस
काठमाडौं, ३० पुस । स्वास्थ्य सेवा तर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा. प्रकाश बुढाथोकी र प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा. विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो।