स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार थप गर्न निर्देशन 



Download our app to get more features

 काठमाडौं,२९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुको करार अवधि थप गर्न निर्देशन  दिएको छ । 

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले अस्पतालहरु,प्रतिष्ठान र प्रयोगशालाहरुलाई आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुको करार अवधि थप गर्न निर्देशन  दिएको हो । 

कोरोना  रोकथाम तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि अवश्यकता अनुसार बढाउन भनिएको छ । 

२०६८/९ /२९ गते भएको नेपाल सरकारको सचिवस्तरको निर्णयबाट यहि माघ महिनादेखि बढिमा ३ महिनासम्म म्याद थप्न सकिने जनाइएको छ । 

Last modified on 2022-01-14 10:56:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts