गत २४ घन्टामा १५ हजार बढी कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ५३ संक्रमित थपिए
काठमाडौं,२९ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १५ हजार ८१ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार ४ सय ९८आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८५३एन्टीजेन परीक्षण गर्दा ६ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ७१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा २ लाख ५६ हजार ४ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।