आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा



Download our app to get more features

काठमाडौं,२९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका छन । 

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकार  लकडाउन गर्ने पक्षमा नरहेको बताएका हुन । 

मन्त्री खतिवडाले भने,'विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौँ। हामी पनि आतंकित भयौँ। गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौँ।'

उनले लकडाउनले गर्दा देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । 

मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

Last modified on 2022-01-13 16:43:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts