वीर अस्पतालको प्रमुखमा सरुवा भएका डा.लोहनीको सरुवा रोकियो



Download our app to get more features

काठमाडौं,२९ पुस । कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उनको सरुवा रोकिन लागेको हो । दुई दिनअघि मन्त्रीस्तरीय निर्णयबाट डा.लोहनीलाई वीर अस्पतालमा सरुवा गरिएको थियो ।

तर त्यसको विरोध भएपछि प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा.भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका हुन्।

न्याम्स ऐन विपरित डा.लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जनाकारी नदिइ गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा गरिएको भन्दै कर्मचारीले विरोध गरेका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts