चितवनमा तीव्र रूपमा फैलँदै कोरोना, कुन स्थानीय तहमा कति पुगे सक्रिय संक्रमित ?



Download our app to get more features

चितवन, २९ पुस । चितवनमा कोरोना भाइरस तीव्र रूपमा फैलँदै गएको छ । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधवार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४० पुगेको छ । जिल्लामा एकैदिन ८१ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या त्यति पुगेको हो । यो संख्या आइतबारको तुलनामा १ सय ९३ प्रतिशतले बढी हो । 

जबकि आइतबार जिल्लाभर ८२ जना मात्रै संक्रिय संक्रमित रहेको थिए । सोमबार दिउँसोसम्म यो संख्या बढेर १ सय १९ पुगेको थियो । त्यस्तै, मंगलबार बढेर १ सय ६२ पुगेको थियो । जबकी दुइ साता अघि यो संख्या ७० हाराहारी थियो ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा १ सय ८८ जना छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा ७, कालिका नगरपालिकामा १३, राप्ती नगरपालिकामा ९, माडी नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित ३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो बुधवार दिउँसोसम्मको तथ्याङ्क हो ।

सक्रिय संक्रमित मध्ये २ सय ३२ जना होम आइसोलेसन र ८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् ।

नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २७ हजार ४ सय ४९ पुगेको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २६ हजार ७ सय ७२ जना निको भइसकेका छन् । त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Last modified on 2022-01-13 11:29:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts