गत २४ घन्टामा १३ हजार बढी कोरोना परीक्षण गर्दा ३ हजार ७५ संक्रमित थपिए
काठमाडौं,२८ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १३ हजार ३६ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ५१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार ४ सय ४८ जना र ३ हजार ९ सय ८५ एन्टीजेन परीक्षण गर्दा ६ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ७८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ७१ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।