नेपाल मेडिकल काउन्सिलका कर्मचारी र पदाधिकारीलाई कोरोना संक्रमण
काठमाडौं,२८ पुस । नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार काउन्सिलले सूचना जारी गर्दै कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने बताएको हो ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना देखिएपछि आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने सेवामा केही ढिलाई हुने बताएका छन ।
Last modified on 2022-01-12 16:38:47