अस्थायी कोभिड अस्पतालहरु तयारी अवस्थामा राख्न अनुरोध



Download our app to get more features

सिरहा, २८ पुस । कोभिड १९ को संक्रमण पुनः तिव्ररुपमा फैलनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमण देखिन थालेपछि जिल्ला कोभिड व्यवस्थापन समिति सिरहाले स्थानीय  तह तथा  सिमानाकामा थप शतर्कता अपनाउन अनुरोध  गरेको छ ।

गत सोमबार  सिरहामा बसेको  कोभिड व्यवस्थापन समितिको बैठकले सिमा नाकामा भारतहुँदै नेपाल आउनेहरुको स्वास्थ्य जाँच तथा  होल्डिङ्ग सेन्टरको व्यवस्था मिलाउन स्थानीय निकायलाई  अनुरोध गरेको छ ।

बैठकले जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका ५ वेड को अस्थायी कोभिड अस्पतालहरुलाई पुनः सन्चालनका लागि तयारी अवस्थामा राख्न अनुरोध  गरेको हो ।

त्यस्तै, खोप लगाउन बाँकी रहेका १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयले समन्वयगरी नजिकको स्वास्थ्य कार्यालयमा खोप लगाउन समेत अनुरोध गरेको छ ।

यस अवधिमा पनि जिल्लाका १३ वटा स्वास्थ्य संस्थाबाट नियमित कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहने निर्णयमा उल्लेख गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई आधार मान्दै  बैठकले मंगलबार  देखि माघ १५ गतेसम्म आधारभूत  तथा माध्यमिक विद्यालयमा विदा दिने निर्णय पनि गरेको छ । 

बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर र वर्षीय परीक्षामा पूर्णरुपमा सुरक्षा मापदण्ड पालना गर्दै सञ्चालन गर्ने गरी प्रवन्ध मिलाउन पनि सबैलाई अनुरोध गरिएको छ ।

Last modified on 2022-01-12 07:54:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts