गत २४ घन्टामा १५ हजार बढी कोरोना परीक्षण गर्दा २ हजार ४ सय ४४ संक्रमित थपिए
काठमाडौं,२७ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १५ हजार ३३ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार ६ सय ४८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परीक्षण गर्दा ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ३५ हजार ९ सय २७ र एन्टीजेन विधिबाट ९७ हजार ९ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय १३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा १ लाख ८० हजार ४ सय ५७ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।