गत २४ घन्टामा ११ हजार बढी कोरोना परीक्षण गर्दा १४ सय ४६ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,२६ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट २ जनाको  मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ४ सय  ४६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ४ सय  २९ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ९ सय ६५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ३३ हजार ९ सय ४६ र एन्टीजेन विधिबाट ९७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ५५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा २ लाख १० हजार ५ सय ९४ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2022-01-11 07:14:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts