मंगलबारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै
काठमाडौं,२६ पुस । सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलि मंगलबारदेखि काठमाडौं उपत्यकाको तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने भएको हो ।
मन्त्रालयले १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने बताएको छ ।
यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सुरु भइसकेको र सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ ।
Last modified on 2022-01-11 07:14:35