सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयको निर्णय
आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गरिने
काठमाडौं,२६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सीसीएमसीसीले सिफारिस गरेको निर्णय कार्यन्वयन गर्ने भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
मन्त्रालयमा बसेको बैठकले (सीसीएमसीसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।
बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
Last modified on 2022-01-10 15:10:07