‘क्यान्सर उपचारमा फर्मासिष्टको भूमिका’ विषयक जानकारीमुलक कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाडौं, २६ पुस । ‘क्यान्सर उपचारमा फर्मासिष्टको भूमिका’ विषयक एक दिने जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल फार्मेसी संघको आयोजनामा लाजिम्पाटमा शनिवार सो कार्यक्रम भएको हो । ‘वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल प्रमुख अतिथि रहेका कार्यक्रममा काठमाडौंस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत वरिष्ठ  क्लिनिक फर्मासिष्ट पुष्कर कुँवर, पाटन  अस्पतालका वरिष्ठ फर्मासिष्ट राजकुमार थापा, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी फर्मासिष्ट सुष्मा आचार्य र भक्तपुर क्यान्सर हस्पिटल फर्मासिष्ट सुष्माकला खनालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा क्लिनिक फर्मासिष्ट, फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए । क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिलाई कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने, बजारमा यसको अभाव हुन नदिन के गर्ने, यसको आयात तथा भण्डारण कसरी गर्ने, यसको प्रयोगले बिरामीमा पर्न सक्ने नकारात्मक असर कसरी कम गर्न सकिन्छ भन्ने बारे जानकारी दिईएको थियो ।

नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्यसमस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ ।

नेपाल फार्मेसी संघका अध्यक्ष अमृत खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा देशभरका विभिन्न क्यान्सर अस्पतालमा कार्यरत फर्मासिष्टहरूको उपस्थिति रहेको थियो । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो ।

Last modified on 2022-01-10 20:26:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts