मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस र विडिएसमा अधिकांश फेल
काठमाडौं, २५ पुस । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो।
काउन्सिलले लिएको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ५० दशमलव ५८ प्रतिशत र विडिएस तर्फ ४० दशमलव ७९ प्रतिशत परीक्षार्थीले मात्र उत्तीर्ण गरेका छन् ।
मेडिकल तर्फ एक हजार ७३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित भएका थिए। परीक्षामा एक हजार ७२२ जना सहभागी भएका थिए। जसमध्ये ८५१ जना फेल भएका छन् भने ८७१ जना पास भएका छन्।
यस्तै डेन्टल तर्फ ४३५ जनाले आवेदन दिएकामा ३ जना अनुपस्थित थिए। परीक्षामा ४३२ जना सहभागी भएकामा २५५ जना फेल भएका छन् भने १७७ जना पास भएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले हाम्रो डाक्टर न्युजलाई बताए ।
Last modified on 2022-01-10 08:18:57