गत २४ घन्टामा १२ हजार बढी कोरोना परीक्षण गर्दा ११ सय ६७ संक्रमित थपिए
काठमाडौं,२५ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १२ हजार ६ सय ३२ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ८ सय ४८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परीक्षण गर्दा ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ३२ हजार ५ सय ५७ र एन्टीजेन विधिबाट ९८ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय २४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा ४५ हजार ४ सय ९३ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।