डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा देखियो कोरोना
डडेल्धुरा,२५ पुस । डडेल्धुराको परशुराम नगरपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ। एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो ।
तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने बताइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुका अनुसार कोरोना संक्रमण देखिएका कर्मचारीमध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका थिए ।
संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन्। उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीहरूको कोरोना परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए।