बढी शुल्क लिने मेडिकल कलजेविरुद्वको आन्दोलनमा ७ मेडिकल कलेजका विद्यार्थीको समर्थन
काठमाडौं,२५ पुस । मेडिकल कलजले बढी शुल्क लिएकोमा आन्दोलन गर्दै आइरहेका काठमाडौ मेडिकल कलेज(केएमसी) र नोबेल मेडिकल कलेजका विद्यार्थीलाई विभीन्न ७ मेडिकल कलेजका विद्यार्थीहरुले समर्थन जनाएका छन्।
आइतबार विज्ञप्ति निकालेर महाराजगञ्ज चिकित्सा क्याम्पस, नेशनल मेडिकल कलेज,किष्ट मेडिकल कलेज,चितवल मेडिकल कलेज,युनिभर्सल मेडिकल कलेज,गण्डकी मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनरमा समर्थन जनाएका हुन् ।
विज्ञप्तिमा आन्दोलनरत विद्यार्थीको माग पुरा गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन् भने चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलजेहरुलाई तत्काल फिर्ता गर्न माग गरेका छन।