माओवादी नेता शक्ति बस्नेतलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं,२५ पुस । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको छ । साथै उनकी पत्नी नेता सत्य पहाडीलाई पनि कोरोना संक्रमित भएकी छिन् । 

नेता पहाडीका अनुसार उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको नेता बस्नेतको सचिवालयले जनाएको छ। 

पुस ११–१८ मा काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी भएपछि उनीहरूमा कोरोनाको लक्षण देखिएको थियो । परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नेता बस्नेतको सचिवालयले जनाएको छ ।

यसअघि महाधिवेशनमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ,  हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्यायलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts