कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओले बोलाए सर्वपक्षीय बैठक



Download our app to get more features

काठमाडौं,२५ पुस । उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि ललितपुर र भक्तपुरका सीडीओले  सर्वपक्षीय बैठक बोलाएका छन् । 

जिल्लाहरुको छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने बताइएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार  संयुक्त बैठक सकेसम्म आजै, नसके भोलि  बस्न सक्ने छ ।  

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार आइतबार ललितपुरमा पनि सर्वपक्षीय बैठक बस्दै छ । 

कोरोनाको संक्रमण बढ्दै गएपछि शुक्रबार सीसीएमसीको बैठक बसेको थियो । बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts