नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित



Download our app to get more features

काठमाडौं, २५ पुस । नेपाल जनस्वास्थ्य संघको शनिबार सम्पन्न भएको निर्वाचनमा बसन्त अधिकारी निर्वाचित भएका छन् ।

कृष्णमान शाक्य र महेश्वर श्रेष्ठलाई हराउँदै बसन्त अधिकारीले ५९२ मत ल्याएर निर्वाचित भएका हुन् ।

साथै उपाध्यक्षमा प्रगतिशील समूहका सुदर्शन पौडेललाई पराजित गर्दै ७२७ मत सहित पेशागत समूहकी बिमला भट्ट विजयी भएकी छिन् ।

त्यस्तै महासचिवमा पेशागत तर्फका सागर दाहालले ६४६ मत ल्याएर प्रगतिशील तर्फका कैलाश खाकीलाईपछि पार्दै निर्वाचित भएका हुन् ।

सचिवमा पेशागत तर्फका रोशन लामा ७१९ मत ल्याएर निर्वाचित भएका छन् भने प्रगतिशील तर्फका तेज प्रसाद दुलाल ४४८ मत ल्याएर पराजित भएका छन् ।

कोषाध्यक्षमा पेशागत तर्फका चेतराज पण्डित ६२२ मत सहित निर्वाचित भएका छन् । त्यसैगरी सहकोषाध्यक्षमा पनि पेशागत तर्फकै उमा थापा निर्वाचित भएकी छिन् ।

Last modified on 2022-01-09 11:52:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts