पेडियाट्रिक नर्सेस एशोसियशन अफ नेपालको दोस्रो अधिवेशन सम्पन्न



Download our app to get more features

काठमाडौं,२४ पुस । पेडियाट्रिक नर्सेस एशोसियशन अफ नेपालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । 

शनिबार राष्ट्रिय ट्रमा सेन्टरको बैठक सभा हलमा एशोसियशनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् । 

एशोसियशनको अध्यक्षमा अप्सरा पाण्डे,उपाध्यक्षमा राधिका रेग्मी,सचिवमा सोचना सापकोटा,कोषाध्यक्षमा बिस्मीता पौडेल र सदस्यहरुमा सारदा आचार्य,सिता कार्की,सिर्जना भुमी निर्वाचित भएका छन् । 

साधारण सभामा संस्थागत प्रतिवेदन सचिव सोचना सापकोटाले प्रस्तुत गरेकी थिइन् भने अर्थिक प्रतिवेदन कोषाध्यक्ष बिस्मीता पौडेलले प्रस्तुत गरेकी थिइन् । 

२०७४ सालमा स्थापना भएको पेडियाट्रिक नर्सेस एशोसियशन अफ नेपालले बालबालिकाको स्वास्थ्य,बिकाश,अधिकार र संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts