माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २४ पुस ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो।

स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।

Last modified on 2022-01-08 12:56:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts