गत २४ घन्टामा १४ हजार बढी कोरोना परीक्षण गर्दा ९ सय ६८ संक्रमित थपिए
काठमाडौं,२३ पुस । नेपालमा गत २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १४ हजार ९ सय ७१ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार २ सय ७२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परीक्षण गर्दा ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ३१ हजार ५२ र एन्टीजेन विधिबाट ९६ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ६२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ७ सय ९ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा २ लाख ६३ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।