नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि
काठमाडौं,२३ पुस । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
प्रवक्ता डा। संगीता मिश्राले पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको र एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताएउकी छिन् ।
नेपालमा अहिलेसम्म ३ जनामा मात्र ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको थियो ।
Last modified on 2022-01-08 06:54:26