नेपालमा बढ्न थाल्यो कोरोना सङ्क्रमणको दर, एकैदिन थपिए ५ सय ४० नयाँ सङ्क्रमित



Download our app to get more features

काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो तीन दिनदेखि कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर उकालो लाग्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तीन दिनको तथ्याङ्क केलाउँदा नेपालमा सङ्क्रमणको दर उकालो लाग्दै गएको हो । 

मन्त्रालयको तथ्याङ्कमा पुस १८ गते २ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । जबकी पछिल्लो ३ दिनदेखि ३ सयभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ ।

पुस १९ गते ३ सय ३ सय २६, पुस २० मा ३ सय ९३, पुस २१ मा ४ सय ३५ र पुस २२ मा ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसरी हेर्दा नेपालमा पनि कोरोनाको तेस्रो लहरको जोखिम थप बढ्दै गएको सङ्केत देखिन थालेको छ ।
 
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ९९ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षणमा ८ लाख ३० हजार ४ सय ८० जना र एन्टिजेन विधिबाट ९६ हजार ४ सय ४५ जना सङ्क्रमित भइसकेका छन् । 

यस्तै गत २४ घण्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ७१ जना स्वस्थ भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ६ सय २ जनाको मृत्यु भएको छ भने ८ लाख १३ हजार ४ सय ४७ जना स्वस्थ भएका छन् । 

हाल देशभर ५ हजार ४ सय ३१ जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् ।

Last modified on 2022-01-07 10:38:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts