पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने



Download our app to get more features

काठमाडौं,२२ पुस ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिर्गौला प्रत्यारोपण सेवा सुरु गेको छ । 

मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ।

बुधबार प्रतिष्ठान र केन्द्रबीच सम्झौता भएको छ। प्रतिष्ठानका उपकुलपति प्रा.डा.डुकबहादुर क्षेत्री र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण तथा डायलायसिस सेवा विस्तारको लागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा मिर्गौला प्रत्यारोपण सेवासँगै प्रदेशका विभिन्न स्थानमा डायलाइसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलाइसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने रहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts