फाइजरका लागि आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुग्यो
काठमाडौं,२१ पुस । फाइजरका लागि आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुगेको छ ।
मंगलबार दिउसो कोभ्याक्स मार्फत शुन्य दशमलब ३ एमएलको ६ लाख ६४ हजार ५ सय ६० मात्रा सिरिन्ज नेपाल ल्याइएको हो।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो ।
फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ। यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ।
गत मंगलबारदेखि काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप लगाउने कार्यतालिका बनाइएको थियो। तर सिरिन्ज नहुँदा कार्यक्रम स्थगन भएको थियो ।