प्रतिबन्ध खुकुलो गरेर पनि कोरोनाविरुद्ध लड्न सकिन्छ : प्रधानमन्त्री बोरिस जोन्सन



Download our app to get more features

एजेन्सी, २१ पुस । बेलयतमा कोरोना महामारीका लािग भन्दै लगाइएका प्रतिबन्धहरु फुकुवा हुने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीट ब्रिफिङका क्रममा प्रतिबन्धहरु फुकुवा गरेरै कोरोना नियन्त्रण लिन सकिने अवस्था रहेकोले प्रतिबन्धहरु फुकुवाको घोषणा गरेका हुन् । 

आम मानिसलाई घरबाटै काम गर्ने व्यवस्था र मास्क अनिवार्य गरिएको उनले बताए  । देशमा ओमिक्रोन संक्रमण दर उच्च रहेको स्वीकार्दै उनले प्रतिबन्ध फुकुवा गर्दा केही हदसम्म असहज महसुस भए पनि हाललाई प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको बताए ।

बेलायतमा आगामी १० जनवरी देखि दैनिक रुपमा १ लाखको दरले कोरोना परिक्षण गर्ने घोषणा पनि प्रधानमन्त्री जोन्सनले गरेका छ । जसमा खाद्य्य प्रशोधन, यातायात र उद्योग धन्दामा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राखिएको छ ।

Last modified on 2022-01-05 11:01:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts