काठमाडौं मेडिकल कलेजका विद्यार्थीले सुरु गरे रिले अनसन



Download our app to get more features

काठमाडौं,२० पुस । काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु रिले अनसनमा बसेका छन् । 

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क माग गरेको भन्दै उनीहरु रिले अनसनमा बसेका हुन् । 

मंगलबार पनि बिहान १० बजेदेखि  उनीहरुले  काठमाडौं मेडिकल कलेज परिसरमा रिले अनसन सहित धर्ना बसेका छन् ।

उनीहरुले बोकेको प्लेकार्डमा  ‘आयोगको नियम कार्यन्वयन गर, कलेज प्रशासन होसियार, अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर, मेडिकल माफिया मुर्दाबाद!’ लेखिएको छ ।

काठमाडौं मेडिकल कलेजले आयोगको ऐन विपरित भर्ना फारम, केयू रजिष्ट्रेशन, केयु सम्बन्धन, केयु परीक्षा शुल्क, इन्टर्नसिप शुल्क गरी ४ लाख ६७ हजार ५७९ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ।

Last modified on 2022-01-05 08:09:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts