बिकटको सास्तीः सात लाख खर्च गरेर बिरामीको उद्धार



Download our app to get more features

हुम्ला, २० पुस ।  हुम्लामा केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो ।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौंबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लगिएको आफन्त रेछिङबहादुर लामाले बताए । उनले भने, ‘आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौ’ सात लाख ५० हजार रुपैंया महङ्गो हवाई भाडा तिरेर उपचारका लागि काठमाडौं लगिएको छ । गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।’ 

काठमाडौबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो । पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहनुका साथै गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टर मगाइएको हो । आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो । पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ ।

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन् । हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौंबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ । यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ ।  बिरामी आफैले हेलिकोप्टर रिजर्भ गर्दा रु सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts