आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न

काठमाडौं,१९ पुस । आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाले स्थानीय र प्रदेश सरकारका निर्देशक,नीति निर्माता तथा स्वास्थ्य प्रमुख र संयोजकलाई सेवाको विकास र विस्तार तथा कार्यक्रमहरुका बारेमा अभिमुखीकरण कार्यक्रम चितवनको भरतपुरमा हालै सम्पन्न गरेको हो ।
आँखा,नाक कान,घाँटी तथा मुख स्वास्थ्य प्रमुख डा.प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले गरेकी थिइन्।
उदघाटन मन्तब्यमा प्रमुख अतिथी उपमेयर शाहले स्थानीय तह शुरु गर्दा संस्थापकका रुपमा शुन्यबाट शुरु गरेको र धेरै काम गर्न सफल भएको बताउदै अबका जनप्रतिनीधिहरुलाई काम गर्न धेरै सजिलो हुने बताएकी थिइन् ।
प्रदेश सरकार अन्र्तगतका निर्देशकहरुको तर्फबाट सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले ३ तहकै तथा सवै प्रदेशलाई संघीयता लागु भएपछि भेटाउने र एकअर्काका योजना तथा कार्यक्रमका बारेमा छलफल गर्ने मौका जुटाईदिएको धन्यवाद दिदै नियमित गर्न आग्रह गरे ।
डा.बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भएपनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असंभव केहि नभएको बताए ।
२ दिने अभिमुखीकरण कार्यक्रममा आँखा स्वास्थ्य तर्फ काठमाण्डौ मेडिकल कलेजका प्रा.डा. सविना श्रेष्ठ र भरतपुर अस्पतालका डा.सुमित पाण्डे,ईएनटितर्फ भरतपुर अस्पतालका डा.रमेश भण्डारी र त्रिबि शिक्षण अस्पतालका डा. बिजय खरेल र मुख स्वास्थ्य तर्फको प्रशिक्षण उपचारात्मक सेवा महाशाखाका शाखा प्रमुख डा. प्रकाश बुढाथोकी, भरतपुर अस्पतालका डा. अजय न्यौपाने र डा. प्रकाश पाण्डेले सहजीकरण गरेका थिए ।
समापनमा भरतपुर अस्पतालको मुखपत्र — मासिक बुलेटिन बिमोचन पनि गरिएको थियो ।