चिसो बढेसँगै डडेल्धुरा अस्पतालमा बिरामीको संख्या वृद्धि
डडेल्धुरा,१९ पुस । चिसो बढेसँगै डडेल्धुरामा पेट दुख्ने, निमोनिया, रूघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ।
चिसो सुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो । एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।
दैनिक २ सय जना भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालका डा.शन्तोष कुमार सिंहका अनुसार चिसो बढेसँगै डडेल्धुरामा मुख्यतया पेट दुख्ने, निमोनिया, रूघाखोकी, बिरामीे बान्ता हुने, डाइरिया लगायतका बिरामीहरूको संख्यामा बृद्धि भएको हो ।
चिसो समयमा बालबालिकाहरूमा निमोनियाको समस्या हुने भएकालेपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनले बताए।