तालिमको भरमा औषधि बेच्न दिने प्रस्तावप्रति फार्मेसी संघ बाँकेको ध्यानाकर्षण
बाँके, १८ पुस । औषधि सल्लाहकार समितिको बैठकमा तालिमको भरमा औषधि बेच्न दिने प्रस्ताव अघि सारिएपछि फार्मेसी संघ बाँकेले ध्यानाकर्षण उक्त प्रस्ताव अघि नबढाउन औषधि व्यवस्था विभाग शाखा कार्यलय बाँकेलाई ध्यानाकर्षण गराएका छन्।
बाँके स्थित औषधि व्यवस्था विभाग शाखा कार्यलयका प्रमुख निनु श्रेष्ठले फार्मेसी संघ बाँकेले बुझाएको ज्ञापनपत्रप्रति सकारात्मक रहेको बताएका छन् ।
फार्मेसी संघसँगको लामो समयको छलफलपछि प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझेका थिए ।
Last modified on 2022-01-02 16:41:34