गृहको निर्देशन : बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउनु
काठमाडौं,१८ पुस । गृह मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै गृहले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी कारबाही गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही,बाँके र जुम्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै
बढी शुल्क लिएको विषयमा छानबिन गर्न र बढी शुल्क लिने कलेजलाई कारबाही गर्न भनेको हो ।
केहिसमय अघिदेखि मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका छन् ।
Last modified on 2022-01-02 16:18:53